पहिलो सम्भोगको असर .... यस्तो पो ।

पहिलो सम्भोगको अनुभव कस्तो रह्यो ? सुखद थियो थिएन ? सायद यो कुराको ख्याल धेरैलाई नहुन सक्छ । तर एक अध्ययनका अनुसार जिवनमा पहिलो सेक्सको अनुभुतिले भविष्यलाई प्रभाव पार्छ ।
 यदि पहिलो सेक्स सम्बन्ध सकारात्मक थियो भने भविष्यको यौन जिवन पनि सुखी हुने तथा पहिलो सम्भोग सुखद नरहेको खण्डमा त्यस्ता महिला पुरुषको भविष्यको यौन जिवन समेत विभिन्न समस्याले गाँजिने अध्ययनको निष्कर्षछ ।
यौन शोषणमा परेर पहिलोपटक पीडादायी सेक्सका लागि बाध्य भएका केटा वा केटीको समेत भविष्यको यौन जिवन समस्या ग्रस्त हुने शोधकर्ताहरु बताउँछन् । यस्तो पीडा खेप्न बाध्य कतिपय युवतीहरु त विवाहपछि सेक्सबाट बँच्न चाहन्छन् अर्थात् सेक्सलाई पन्छाउन चाहन्छन् किनकी उनीहरुले यसको नमीठो अनुभव सँगालिसकेका हुन्छन् र त्यसको

  गहिरो मनोवैज्ञानिक प्रभाव कायमै रहेको हुन्छ । त्यस्तै यौन शोषणका सिकार भएका युवाहरु भविष्यमा कि त विकृत सेक्स व्यवहार देखाउँछन् या त सेक्सको मामिलामै पूरै निस्कृय हुन्छन् । यौन शोषणका सिकार बनेका किशोरहरुमा अत्यधिक हस्तमैथुनको समस्या समेत देखिने गरेको बताइन्छ ।
पहिलोपटक सम्भोगको अनुभव लिँदा बाध्यतावस, रुची नभैकन तथा डर र धम्कीका कारण सर्ंर्सग गर्न पुग्ने किशोर किशोरी तथा युवा युवतीहरुका लागि सेक्स भन्ने विषय अप्रिय तथा घिनलाग्दो विषयमा परिणत हुने यौन मनोविज्ञहरु बताउँछन् । त्यस्ता युवायुवतीहरुले सम्भोगलाई बोझ अत्यन्तै नकारात्मक क्रियाका रुपमा लिने गर्छन ।
तर राजिखुसी तथा रहरले खुसीसाथ पहिलोपटक सेक्सको अनुभव लिएकाहरुका लागि सम्भोगको विषय रोमाञ्चकताले भरिपूर्ण हुने गरेको र त्यस्ता व्यक्तिहरुको भविष्यको यौन जिवन पनि सुख पूर्ण हुने मनोविज्ञहरु बताउँछन् ।
Share on Google Plus

About

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment